द ओपन रिभोल्युशन: सूचनाको युगमा नियमहरूको पुनःलेखन

Shubham Ghimire

Shubham Ghimire

 | 

Thu Jun 14 2018

ओपन नलेज इन्टरनेशनलका संस्थापक रुफस पोलकले आफ्ना नयाँ पुस्तक द ओपन रिभोल्युशन लाई तपाईहरुको माँझ ल्याउदा एकदम प्रसन्न हुनुहुन्छ। यसले हामी कसरी जानकारी स्वामित्व र डिजिटल अर्थतन्त्रमा पहुँच गर्न सक्छौं भन्ने ज्ञान दिन्छ।

यो डिजिटल क्रान्तिले हामीलाई डिजिटल तानाशाहीतन्त्र वा डिजिटल लोकतन्त्र के दिनेछ? डिजिटल युगको बारेमा तपाईंलाई थाहा भएका सबै कुरा बिर्सनुहोस्। यो गोपनीयता, निगरानी, आर्टिफिसियल इन्टेलेजेन्स या ब्लकचेन केहि को बारेमा हैन, यो त स्वामित्वको बारेमा हो किनभने यो डिजिटल युगमा जो सँग डाटा र जानकारी  छ त्यसैले भविष्यलाई नियन्त्रण गर्नेछ।

आजको समयमा, जानकारी र डाटा जताततै  सबै ठाँउमा छरपस्ट छ, जस्तै तपाईंको डीएनए देखि लिएर ताजा ब्लकबस्टरहरूमा, जिवन रक्षा गर्ने औषधि देखि लिएर तपाईंले दिनहु आफ्नो फोनमा प्रयोग गर्ने  एपहरुमा र त्यस्तै ठूलो परिमाण को डाटा देखि लिएर एल्गोरिदममा। हाम्रो सम्पूर्ण विश्वव्यापी अर्थव्यवस्था यसैमा निहित छ र सूचना व्यवस्थापन गर्ने नियमहरूले हामीलाई प्रत्येक दिन कुनै न कुनै रुपमा  असर गरिरहेको छ।

जबसम्म डिजिटल डोमेनमा जानकारी  रहिरहन्छ, त्यसको प्रतिलिपि बनाउन र वितरण गर्न सजिलो हुन्छ जसले गर्दा त्यसको पहुँच र नियन्त्रण पहिले भन्दा बढी महत्त्वपूर्ण हुन जान्छ। तर हामीले यसको लागि बनाएका नियमहरू, हामी कसरी भौतिक सम्पत्ति व्यवस्थापन गर्छौं भन्ने बाट आएको हो, तर आशाजनक रूपमा डिजिटल संसारमा यो कुरा अनुकुल छैन।

द ओपन रिभोल्युसनमा, पोलकले डिजिटल डिबेटलाई छायामा पार्ने मिथकहरूलाई उजागर गर्ने प्रयास गर्नुभएको छ। डिजिटल अर्थव्यवस्थाको आधारभूत नियम केलाउदै, उहाँले एक सरल समाधान प्रदान गर्नुभएको छ। यसको जवाफ प्राविधिक नभई राजनीतिक प्रणाली हो र यसको एउटा मात्र विकल्प छ जस्तै सूचनाहरुलाई खुल्ला गरि सबैलाई वितरण गराउने अथवा यसलाई गोप्य गरि  विशेष रूपमा कसैको स्वामित्व र नियन्त्रणमा राख्ने।आजको यो बन्द संसारमा हामी आफुलाई डिजिटल तानशाहरूको शरणमा भेट्टाउछौं। रुफस पोलकले सबैको समृद्धि हुने “खुल्ला” भविष्यको परिकल्पना गरेका छन्।

सबैको लागि खुल्ला भबिस्य

यो पुस्तकको मुख्य सार भनेको ओपन नलेज इन्टरनेशनलको को खुल्ला ज्ञान समाज को परिकल्पनामा निहित रही सबैको लागि उपयुक्त, अभिनव र लाभदायक भविष्यको  सिर्जना गर्ने हो। बिश्वब्यापी रुपमा हामी अहिले यस्तो समाजमा छौं जहाँ सबैसँग  महत्त्वपूर्ण जानकारीको पहुँच छ र सबैसँग यसको प्रयोग गरेर आफ्नो जीवनस्तर बुझ्न र त्यसलाई उकास्न सक्ने  क्षमता छ। हामी शक्तिशाली संघ संस्थाहरु समझदार र उत्तरदायी भएको हेर्न चाहन्छौं। त्यसैगरि हामी अत्याधुनिक अनुसन्धानका जानकारीहरु खुल्ला रुपमा सबैको पहुँच हुने गरि उपलब्ध भएको हेर्न चाहन्छौं जसले गर्दा  हामीलाई गरीबी र जलवायु परिवर्तन जस्ता बिश्वब्यापी चुनौतिहरुसँग जुझ्न मद्दत गर्दछ।

द ओपन रिभोल्युसन विश्वव्यापी सञ्जालमा खुल्लापनको बारेमा उत्साहित हामी सबैको लागि एक महत्वपूर्ण प्रेरणा हो र यसले यो समाजलाई खुला भविष्य तिर डोर्याउने  हाम्रो साझा प्रयासलाई निश्चयनै बढावा दिन्छ।

लेखकको बारेमा

लेखक डा रुफस पोलक एक शोधकर्ता, उद्यमी र टेक्नोलोजिस्ट हुन्। उहाँ ओपन नलेजको  संस्थापक हुनुहुन्छ र इम्मानुएल कलेज, क्याम्ब्रिज विश्वविद्यालयमा अर्थशास्त्रको  पुर्व मेड फेलो पनि हुन्।

 

opendata