ओपन नलेज नेपालद्वारा खुल्ला डाटा पुस्तिकाको पहिलो संस्करण प्रकाशित

Nikesh Balami

Nikesh Balami

 | 

Sun Sep 10 2017

ओपन नलेज नेपालद्वारा आयोजित “खुल्ला डाटा पुस्तिका” को प्रथम नेपाली संस्करण बिमोचन कार्यक्रम २०७४ साल साउन २३ गतेका दिन मुड्स लंज त्रीपुरेश्वोरमा भब्य कार्यक्रमका बीच सम्पन्न गरियो । उक्त कार्यक्रममा ओपेन डाटाको क्षेत्रमा लाग्नुभएका विभिन्न व्यक्ति तथा संस्थाहरुको उल्लेखनीय सहभागिता थियो । कार्यक्रमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त्त श्री कृष्णहरि बास्कोटा, काठमाडौँ लिभिंग ल्याब्सका कार्यकारी निर्देशक डा. नम राज बुढाथोकी र ओपेन नलेज नेपालका प्रमुख कार्यकारी अधिकृत निकेश बलामीको हातबाट विमोचन गरेर सुसम्पन्न गरियो । यस पुस्तक सरकार, नागरिक समाज तथा खुल्ला डाटाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले खुल्ला डाटा परियोजनाहरुको लागि परिचयात्मक पुस्तिकाको रुपमा प्रयोग गर्दछन् ।

खासगरी यस पुस्तकको मूल संस्करण अंग्रेजी भाषामा उपलब्ध छ । उक्त अंग्रेजी संस्करण ओपेन नलेज इन्टरनेसनल द्वारा लिखित तथा व्यवस्थित गरिएको छ । ओपेन नलेज इन्टरनेसनल एक गैर नाफामुखी संगठन हो जो समाजमा खुल्ला डाटाको महत्वमा केन्द्रित रहेर नागरिक समाज समूहहरूलाई डाटाको पहुँच र प्रयोग गरेर सामाजिक समस्या समाधान गर्न मद्दत गर्दछ । यो पुस्तिका चाईनिज, फ्रेन्च, जर्मन, स्पानिश, रसियन र अहिले नेपाली गरि १८ वटा भन्दा बढी भाषामा अनुवाद भइसकेको छ । सबै भाषामा अनुवादित पुस्तकहरु www.opendatahandbook.orgवेबसाइटमा उपलब्ध छ ।

यस खुल्ला डाटा पुस्तिका नेपाली संस्करणमा खुल्ला लाइसेन्स, सूचनाको हक, अङ्ग्रेजि खुल्ला डाटा पुस्तिका र खुल्ला डाटामा आधारित विभिन्न नेपाली परियोजनाहरुको बारेमा समावेश गरिएको छ । यसकारण यो पुस्तिका सरकार, नागरिक समाज र पत्रकारहरुको लागि धेरै नै आवस्यक देखिन्छ ।

Open Data Handbook Nepali Version Launch

ओपेन नलेज नेपालका प्रमुख कार्यकारी अधिकृत निकेश बलामीले उक्त पुस्तिका नीतिनिर्माणकर्ता, नेतृत्वकर्ता लगायत सम्पूर्ण नागरिकले आफ्नै मात्री भाषामा खुल्ला डाटाका बारेमा जान्न र बुझ्न सहयोग गर्ने कुरामा बिस्वस्त रहेको जानकारी गराउनुभयो । साथसाथै स्थानीय समाचार पत्रकारिता गर्ने व्यक्तिहरु जो रिपोर्टको लागि डाटाको खुल्लापनमा निर्भर रहन्छन् तथा नागरिक समाज संगठनले गर्ने खुल्ला डाटा जागरुक कार्यक्रमको लागि पनि उक्त पुस्तिका प्रयोग गर्न सकिने कुरा अवगत गराउनुभयो । अन्त्यमा पुस्तिका अनुवाद गर्न, समिक्षा गर्न र आफ्नो अमुल्य प्रतिक्रिया दिएर सहयोग गर्नुहुने सम्पूर्ण योगदानकर्तालाइ धन्यवाद दिनुभयो ।

त्यसैगरी राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त श्री कृष्णहरि बास्कोटा ज्युले सरकारी कार्यालयहरुमा खुल्ला डाटाको महत्व बुझ्ने अधिकारीहरुको आवस्यकता रहेको जानकारी दिनुभयो । मन्तब्यको क्रममा उहाँले युवाहरुलाई खुल्ला डाटाको क्षेत्रमा योगदान गर्न प्रोत्साहन गर्नुभयो साथै नेपाल सरकारद्वारा आफुसँग भएको विभिन्न किसिमको डाटाहरु खुल्ला गर्नका लागि भएको कामको प्रगति बारे जानकारी गराउनुभयो ।

काठमाडौँ लिभिंग ल्याब्सका कार्यकारी निर्देशक डा. नम राज बुढाथोकी ज्युले आफ्नो मन्तब्यको क्रममा डाटाको आपूर्ति र माग पक्ष बीच सन्तुलन हुनुपर्ने र यो समय सिर्जनाबाट प्रयोगको चरणमा फड्को मार्नको लागि उपयुक्त समय भएको कुरामा प्रकाश पर्नुभयो । उहाले OpenStreetMap तथा घरेलू सर्वेक्षणको माध्यमबाट खुल्ला डाटा सिर्जना गरेको आफ्नो अनुभवहरु सहभागीहरु बीच राख्नुभयो । र अन्त्यमा खुल्ला डाटाको प्रयोग अहिलेको आवस्यकता भन्ने कुरा स्वीकार गर्दै आफ्नो मन्तब्य टुंगाउनुभयो ।

यस पुस्तकले बिशेष गरि खुल्ला डाटाको बिभिन विषय : नागरिक सशक्तिकरण, अवसरहरू सिर्जना र सामाजिक समस्या समाधान गर्ने जस्ता विषयमा सकारात्मक प्रभाव रहने कल्पना ओपेन नलेज नेपालले गर्दै आएको छ । उक्त बिषयमा केवल डाटाको पर्याप्त आपूर्तिले मात्र प्रभाव पार्न सकिदैन । जसकारण प्रकाशित भएको डाटाको प्रयोग बाट नवीनता, सहभागिता र पुन: उपयोगिता बनाउन आवश्यक पर्दछ, जसले डाटाको माग पक्षमा पनि बलियो र भरपर्दो भएको सुनिचित गर्दछ ।

यो पुस्तिकाले सरकारी कर्मचारी र नेपाली जनतालाई आफ्नै मात्री भाषामा खुल्ला डाटाको बारेमा सजीलै बुझ्न मद्धत गर्दछ । यसो गर्नाले डाटाको आपूर्ति र माग पक्ष बीच एक संतुलित वातावरण सिर्जना गर्न मद्दत मिल्नेछ, जसले गर्दा लामो समयसम्म पारदर्शिता, नागरिको उत्तरदायित्व र संग्लग्नता लाई बढावा दिन साथै व्यवस्थित गर्न मद्दत मिल्दछ ।

यो खुल्ला डाटा पुस्तिका नेपाली सस्करणलाई ओपेन नलेज इन्टरनेसनल, काठमाडौँ लिविंग ल्याब्स, रूस्टर लजिक, पाथवे टेक्नोलोजी एन्ड सर्भिसेस, लोकल इन्टरभेनसन्स समूह र सिटिजेन क्याम्पेन फर राइट टु इन्फोरमेसन नेपालले समर्थन गरेको छ ।

opendata